Bisal Chautari Logo

थप १२ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो

- २५ मंसिर २०७७, बिहीबार १०:२९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २५ बिहिवार ।
नेपालमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १४ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन १ हजार २ सय १७ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ। कुल संक्रमितमध्ये १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन्।

गत २४ घन्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख १३ हजार २ सय ४ पुगेको छ। हाल ५ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया