Bisal Chautari Logo

क्यान्सरलाई मात दिँदै शुटिङमा फर्किए सञ्जय दत्त, सक्काउँदै ‘केजीएफ २’ को शुटिङ

- २५ मंसिर २०७७, बिहीबार ०५:४४ मा प्रकाशित


एजेन्सि । बलिउड अभिनेता सञ्जय दत्तले बहुप्रतिक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ को शुटिङ सुरु गरेका छन्।

लङ्ग क्यान्सरलाई उपचारमार्फत परास्त गर्दै सञ्जयले फेरि शुटिङ सुरु गरेका हुन्। भारतीय सञ्चारमाध्यमका अनुसार सञ्जयले अहिले फिल्मका हिरो यशसँग एक लामो क्लाइमेक्स सीन हैदरावादमा शुट गरिरहेका छन्। यो सीनमा कैयौ स्टन्ट र फाइट सीन हुनेछ।

फिल्म निर्देशक प्रशान्त नीलले शुटिङ सुरु भएको तस्विर शेयर गर्दै सञ्जय शुटिङमा फर्केको जानकारी दिएका छन्।

केजीएफ-च्याप्टर २ मा सञ्जय दत्त भिलेन (अधीरा)को रोलमा देखिनेछन्। फिल्ममा यश र सञ्जयका अलावा रवीना टण्डन पनि मुख्य भूमिकामा छिन्।

फिल्म २०२१ मा रिलिज हुने बताइएको छ।

प्रतिक्रिया