Bisal Chautari Logo

फाइजरको कोरोना खोपले गरायो एलर्जी, बेलायतले दियो यस्तो चेतावनी

- २५ मंसिर २०७७, बिहीबार ०५:१८ मा प्रकाशित


एजेन्सि ।  बेलायतमा कोभिडविरुद्ध खोप दिने काम व्यापक रूपमा शुरू गरिएको छ ।

त्यहाँ अहिले फाइजर–बायोएनटेक खोप दिइन थालेको छ । तर यसको साइड इफेक्ट देखिन थालेपछि वैज्ञानिकहरू चिन्तामा परेका छन् ।

खोप लगाएका दुईजनालाई एलर्जी भएको छ ।

बेलायतको मेडिकल डिपार्टमेन्टले चेतावनी जारी गर्दै औषधि खाँदा रियाक्सन हुने व्यक्तिहरूलाई यो खोप नदिन भनेको छ ।

दुईजनालाई मात्र एलर्जी देखिएको, अरूलाई नदेखिएको र खोपलाई हरेक मापदण्डमा परीक्षण गरेर मात्र स्वीकृति दिइएको बेलायतको स्वास्थ्य विभागले जनाएको छ ।

एलर्जी भएका दुईजनालाई परीक्षण गरिएको अनि औषधिको एलर्जी भएकाहरूलाई खोप नदिन स्वास्थ्य विभागले चेतावनी दिएको छ ।

बेलायतमा एलर्जीको दुईवटा केस देखिएपछि अमेरिका र क्यानडाले सतर्कता अपनाउन भनेका छन् ।

फाइजर बायोएनटेकले खोपको परीक्षणमा औषधिबाट एलर्जी हुने कोहीलाई पनि समावेश नगरिएको जानकारी दियो ।
विज्ञहरूका अनुसार, खोपले सबैलाई एलर्जी हुन्छ भन्ने कुरा सत्य हैन । बेलायतमा फरक फरक चरणमा खोप दिइनेछ । आरम्भमा स्वास्थ्यकर्मी र वृद्धहरूलाई खोप दिइएको छ । त्यसपछि गम्भीर रोग भएकाहरूलाई खोप दिइनेछ ।

प्रतिक्रिया