Bisal Chautari Logo

मेस्सी र मेरो सम्बन्ध राम्रो छ : क्रिस्टियानो रोनाल्डो

- २४ मंसिर २०७७, बुधबार ०६:३८ मा प्रकाशित


एजेन्सि। करिब २ वर्षपछि मेसी र रोनाल्डो एक अर्काविरुद्ध मैदानमा उत्रिएका थिए ।

च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना युभेन्टससँग स्तब्ध भएको छ । मंगलवार राति बार्सिलोनाको घरेलु मैदानमा भएको समूह जीको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

Champions League: Cristiano Ronaldo out-duels Lionel Messi in icons' first  meeting in two years (video)

यसअघि अक्टोबर २८ मै बार्सिलोना र युभेन्टसबीच खेल भएको थियो । तर, कोरोना संक्रमणका कारण रोनाल्डो मैदान उत्रेका थिएनन् । उक्त खेलमा बार्सिलोना २–० गोल अन्तरले जित हात पारेको थियो ।

No description available.

खेलपछि बोल्दै क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफुले कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् । साथै उनले आफूबीच राम्रो सम्बन्ध रहेको बताएका छन् । ‘मेस्सीसँग मेरो सम्बन्ध राम्रो छ । मैले उनलाई दुश्मनको रुपमा हेरेको छैन । हामी दुवैले आफ्नो टोलीको लागि जे राम्रो हुन्छ, त्यसैमा ध्यान दिन्छौं,’ रोनाल्डोले भने ।

च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्धन्दीको रुपमा नहेरेको बताएका छन् ।

 

प्रतिक्रिया