Bisal Chautari Logo

बालुवाटारमा सर्वदलीय बैठक सुरु

- २३ मंसिर २०७७, मंगलवार ०५:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर २३ मंगलवार ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ ।

पछिल्लो समय देशभर राजवादीको आन्दोलन चर्किएपछि गणतन्त्र पक्षधरहरु एक ठाउँमा हुनुपर्नेमा जोड दिँइदै आएको छ । गत शनिबारमात्रै प्रधानमन्त्रीको गृह जिल्ला झापासहित देशका विभिन्न स्थानमा राजावादीले प्रदर्शन गरेका थिए । सर्वदलीय बैठकमा मुलतः यही विषयमा छलफल हुने बुझिएको छ ।

नेकपाको स्थायी समिति बैठकमा समेत यसबारे प्रभावशाली नेता जनार्दन शर्माले छलफलका लागि ‘विशेष प्रस्ताव’ पेश गरेका थिए ।

प्रतिक्रिया