Bisal Chautari Logo

केजीएफ च्याप्टर–२ को टिजर रिजिज हुँदै, यस्तो छ तयारी

- २१ मंसिर २०७७, आईतवार ०४:५४ मा प्रकाशित


एजेन्सि । हिलो च्याप्टरलाई औधी मन पराएका दर्शकले सञ्जय दत्त स्टारर फिल्म केजीएफ–२ एक वर्षदेखि पर्खिरहेका छन् । फिल्ममा सञ्जय दत्तको लुक पहिले नै सार्वजनिक भइसकेको छ ।

जसले सञ्जयका चाहनेहरुका लागि यो फिल्मको उत्साह दोब्बर बनाइदिएको छ । फिल्मको मुख्य भूमिकामा रकिङ स्टार यस नै हुनेछन् । यसको अघिल्लो भागलाई दर्शकले निकै मन पराएका थिए ।

व्यापार पनि राम्रै भएको थियोे । दक्षिण एसियामै यो फिल्मले चर्चा पाएको थियो । यद्दपि अहिलेसम्म च्याप्टर दुईको टिजर रिलिजको मिति पनि घोषणा गरिएको थिएन ।

फिल्मका एग्जिक्युटिव प्रोड्युसर कार्तिक गोदाले टिजर भिडियो ८ जनवरी २०२१ मा यसको जन्मदिनमा रिलिज गरिने जानकारी दिएका छन् ।

कार्तिकले ट्वीटरमा फ्यान्सद्वारा केजीएफको पहिलो टिजर रिजिज भएको तीन वर्ष भइसकेको र अब अघिल्लो टिजर कहिले आउनसक्छ भन्दै प्रश्न सोधिएको थियो ।

यस प्रश्नको जवाफमा कार्तिकले भनेका छन्, ‘यस को जन्मदिनमा टिजर रिलिज गरिनेछ । यो पक्कै पनि नयाँ लेभलमा हुनेछ ।’ कोरोनाका कारण फिल्मको सुटिङ रोकिएको थियो ।

गत अगस्तमा सरकारले दिएको अनुमतिपछि फेरि सुटिङ शुरु भएको थियो । लकडाउनका बेला सुटिङ शुरु गर्ने यो दोस्रो फिल्म हो । पहिलो फिल्म फैन्टम थियो ।

प्रतिक्रिया