Bisal Chautari Logo

बेलायती महारानी एलिजाबेथले केही हप्तामै कोरोना भाइरस विरुद्धको खोप लगाउने

- २१ मंसिर २०७७, आईतवार ०४:३१ मा प्रकाशित


एजेन्सि । बेलायती महारानी एलिजाबेथ द्धितियले कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारीमा रहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

अबको केही दिनभित्रै बेलायतमा प्राथमिकता सूचिका आधारमा खोप लगाउन सुरु हुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

महारानी एलिजाबेथले सर्वसाधरणलाई खोप लगाउन उत्साह जगाउनका लागि सार्वजनिक रुपमा कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारीमा रहेको दि डेल्ली मेल ले समाचारमा उल्लेख गरेको छ ।

महारानी एलिजाबेथसँगै ९९ वर्षका प्रिन्स फिलिपले पनि खोप लगाउनेछन् । बेलायतले फाइजरको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरिसकेको छ र खोपको पहिलो खेप बेल्जियमबाट आइसकेको छ ।

प्रतिक्रिया