Bisal Chautari Logo

सिनेमा ‘वान वे’को फष्टलुक पोष्टर सार्वजनिक

- २४ फाल्गुन २०७०, शनिबार ०४:५९ मा प्रकाशित


rajkumar-rai-one-way
विशाल चौतारी समाचार
काठमाडौं, २३ फागुन ।
चलचित्र निर्माता संगका अध्यक्ष तथा सफल चलचित्र निर्माता राजकुमार राईको पछिल्लो निकै आसा गरिएको चलचित्र ‘वान वे’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सुरज सुब्बा (नाल्बो)द्धरा निर्देशित यस चलचित्रमा डन दिपक मनाङ्गेका छोरा सिदार्थ, रविन एण्ड न्यु रिभोलुसनका रक गायक रविन तामाङको तस्बिरलाई पोष्टरमा प्रथमिकता दिइएको छ ।

चलचित्रको पोष्टर निकै फरक किसीमको रहेको छ । चलचित्रको पोष्टरमा नव अभिनेता सिदार्थ पेस्तल ताकिरहेको अवस्थामा देख्न सकिन्छ, भने अर्का अभिनेता रविन तामाङ गायन स्टाइलमै चलचित्रको पोष्टरमापनि प्रस्तुत भएका छन् । चलचित्रमा यी दुई अभिनेता सिदार्थ र रविनसंगै नयाँ हिरोइन माला सुब्बा मुख्य भुमिकामा रहेका छन् । पोष्टर सार्वजनिक भएपनि रिलिज मिति फाईनल गरेका छैनन् ।

प्रतिक्रिया