Bisal Chautari Logo

लागूऔषध कारोबार गर्ने दुईजना पक्राउ, हतियार समेत बरामद

- २० मंसिर २०७७, शनिबार ०५:२० मा प्रकाशित


विशाल चौतारी समाचार
सुनसरी, २०७७ मंसिर २० शनिवार।
  सुनसरी प्रहरीले धरान उपमहानगरपालिका–१० धर्मपथ लाइन बस्ने ३८ वर्षीय पूर्णबहादुर लिम्बुले कोठाबाट लागूऔषध ओसारपोसार गरेर ल्याई सञ्चय गरी कारोबार गर्छ भन्ने गोप्य सूचनाको आधारमा तलासी गर्दा लागूऔषध बरामद गरेको छ ।

लुकाईछिपाई राखेको अवस्थामा Spasmo-proxyvon@plus ७२ क्याप्सुल, नाईट्रोसन ट्याब्लेट ६ चक्की बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए ।

पूर्ण बहादुरलाई लिम्बुलाई लागूऔषध ओसारपोसारमा सहयोग गर्ने धरान उपमहानगरपालिका–११ का ५० वर्षीय साकुरा लिम्बु समेत पक्राउ परेका एसपी थापाले बताए । उनीहरुविरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसपी थापाका अनुसार उनीहरुको साथबाट लागूऔषधसहित हतियार पनि बरामद भएको छ । फलामको तरबार १ वटा, खुकुरी १ वटा, छुरा १ वटा, एयरगन १ वटा, मोबाइल २ थान र २९ हजार पाँच सय रुपैयाँ नगद समेत बरामद भएको थापाले बताए ।

प्रतिक्रिया