Bisal Chautari Logo

बलिउडकर्मी वरुण धवन र नीतू कपुरलाई कोरोना

- २० मंसिर २०७७, शनिबार ०५:०० मा प्रकाशित


एजेन्सी । बलिउड अभिनेता वरुण धवन र अभिनेत्री नीतू कपुर कोरोना संक्रमित भएका छन्। फिल्म ‘जुग जुग जियो’ को सुटिङ गरिरहेका बेला उनीहरुलाई  संक्रमण भएको पुष्टि भएको हो।

कोरोनाका कारण फिल्मको सुटिङसमेत रोकिएको छ। फिल्मका अन्य कलाकारहरु अनील कपुर र कियारा आडवाणीको भने नेगेटिभ आएको छ।

ऋषि कपुरको निधनपछि नीतू कपुरले ‘जुग जुग जियो’ मार्फत् फिल्ममा पुनरागमन गरेकी थिइन्। यसको बलिउडकर्मीहरुले स्वागत गरेका छन्। नीतूले रणवीर र रिद्धिमाले प्रोत्साहन गरेपछि फिल्ममा फर्किएको बताएकी छन्।

प्रतिक्रिया