Bisal Chautari Logo

माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जना पक्राउ

- १९ मंसिर २०७७, शुक्रबार ०७:०६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १९ शुक्रवार ।
भक्तपुरबाट काठमाडौंको रत्नपार्कतिर आउँदै गरेको माईक्रोबसमा ५० हजार पकेट मार्ने २ जनालाई प्रहरीले पक्रेको छ । भक्तपुरको कौशलटारबाट मोरङ घर भएका विकास राजवंशी र सिन्धुपाल्चोकका सन्तोष लामालाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग बालकोटका प्रनानि (सई) प्रकाश बगालेको कमाण्ड टोलीले उनीहरुको साथबाट पकेट मारेको ५० हजार नगद बरामद गरेको छ ।

गठ्ठाघर बस्ने यमनाथ पौडेलले प्रहरी कन्ट्रोलको १०० नम्बरमा खबर गरेपछि प्रहरीले पाकेटमार विरुद्ध अपरेशन चलाएको थियो । पक्राउ परेकामध्ये सिन्धुपाल्चोक घर भएका २७ वर्षीय सन्तोष लामा यसअघि पनि चोरी मुद्धामा जेल बसेर निस्केको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् । महानगरीय प्रहरी परिसर भक्तपुरले उनीहरुमाथी चोरी मुद्धामा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया