Bisal Chautari Logo

कम्पनीले प्रत्येक कर्मचारीलाई दियो ५५ लाख बोनस, रोए कर्मचारी

- १९ मंसिर २०७७, शुक्रबार ०७:०२ मा प्रकाशित


एजेन्सि ।  अमेरिकाको बाल्टिमोरमा रहेको सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले आफ्ना सबै १९८ कर्मचारीलाई लगभग ५५ लाख रुपैयाँको बोनस दिएको छ ।

उसले बोनसकै लागि भनी एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

बोनसको चेक पाएपछि कर्मचारीहरू छक्क परे अनि कतिपय त रुन थाले ।
क्रिसमसको बिदा शुरू हुन लागेको बेलामा पार्टी आयोजना गरेर बोनसको घोषणा गरिएको हो ।

स्टाफहरूलाई कार्यकालको हिसाबमा बोनस दिइएको तर धेरैजसो ५५ लाख रुपैयाँ बोनस पाउने न्युयोर्क पोस्टले खबर दिएको छ ।

कम्पनीले निकै धेरै नाफा कमाएकाले कर्मचारीलाई अतिरिक्त रकम दिएको जनाएको छ ।

अमेरिकाका आठ राज्यमा यस कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड वर्ग फीटको घर तयार पारेको छ ।

कम्पनीमा विगत १९ वर्षदेखि काम गरिरहेका अकाउन्ट्स स्पेसलिस्ट डेनियल भ्यालेन्जियाले यो जीवन परिवर्तन गर्ने क्षण भएको बताए ।

यो होलिडे बोनस वार्षिक बोनसभन्दा फरक छ ।

बोनसको घोषणा गर्दै कम्पनीका संस्थापक अध्यक्ष एडवर्ड सेन्ट जोनले भने, ‘कम्पनीका लागि लामो समय काम गर्नेहरूलाई केही सार्थक उपहार दिऊँ भनेर यस्तो कदम चालेको हुँ ।’

प्रतिक्रिया