Bisal Chautari Logo

दाङका दुईजना कोरोना संक्रमितको बाँकेमा मृत्यु

- १९ मंसिर २०७७, शुक्रबार ०५:५३ मा प्रकाशित


विशाल चौतारी समाचार
नेपालगञ्ज, २०७७ मंसिर १९ शुक्रवार ।
बाँकेका दुई ठूला अस्पतालमा उपचार गराउन आएका दाङका दुईजना कोरोना भाइरस संक्रमितको दुईजनाको मृत्यु भएको छ ।

नेपालगञ्जको भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो । मृतक दुवै दाङ तुलसीपुर उपमहानगरपालिका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तुलसीपुर–११ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल, नेपालगञ्जमा बिहीबारराति ९ बजे मृत्यु भएको छ । उनलाई मंसिर ४ गते भर्ना गरिएको थियो ।

त्यस्तै, तुलसीपुर–५ का ८१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । मंसिर १३ गते भर्ना भएका बृद्धको राति १०ः४५ बजे मृत्यु भएको थियो ।

यी अस्पतालमा बुधबार बाँके, सुर्खेत र बर्दियाका एक–एकजनाको मृत्यु भएको थियो।

प्रतिक्रिया