Bisal Chautari Logo

ओली र प्रचण्डलाई मिलाउने प्रयासमा राष्ट्रपति भण्डारी

- १९ मंसिर २०७७, शुक्रबार ०५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १९ शुक्रवार ।
 पछिल्लो ६ महिनादेखि चर्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बिहिवार दिउँसो प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साँझ शीतल निवासमा बेग्लाबेग्लै भेट गरिन् ।

पार्टी फूटको अस्थासम्मै पुगेको विषम परिस्थितीमा भएको भेटमा राष्ट्रपतिले प्रधानमन्त्रीसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेकी थिईन् ।

प्राप्त जानकारी अनुसार अर्का कार्यकारी अध्यक्षलाई विवाद नगरी मिलेर अघि बढ्न सुझाव दिएकी छिन् । यसअघि पनि उनले अध्यक्षद्वयसँग भेटेकी थिईन् ।

अध्यक्षद्वयसँगको यसअघिको भेटमा राष्ट्रपति भण्डारीले पार्टीका नेताहरु आपसमा मिलेर अघि बढ्न आग्रह गरेकी थिईन् ।

प्रतिक्रिया