Bisal Chautari Logo

सिमेन्ट खानीमा बम विस्फोट : विप्लव समूहको संलग्‍नता रहेको प्रहरी आशंका

- १९ मंसिर २०७७, शुक्रबार ०४:३५ मा प्रकाशित


विशाल चौतारी समाचार
उदयपुर, २०७७ मंसिर १९ शुक्रवार ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर-८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गएराति बम विस्फोट गराइएको घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्‍नता रहेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

यद्यपी घटनाबारे कसैले अहिलेसम्म जिम्मेवारी लिएको छैन।  प्रहरीले अनुसन्धान थालेको र संलग्‍नहरूको खोजीको लागि टोली परिचालन गरिसकिएको उदयपुर प्रहरी प्रवक्ता इन्सपेक्टर छिरिङ शेर्पाले बताए।

उनका अनुसार घटनास्थलमा बिहानै डीएसपीको नेतृत्वमा प्रहरी टोली पुगिसकेको छ। उनीहरू चारैजनाको कटारी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया