Bisal Chautari Logo

भरुवा बन्दुक पड्केर वन रक्षकको मृत्यु

- १८ मंसिर २०७७, बिहीबार ०७:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
उदयपुर, २०७७ मंसिर १८ बिहिवार ।
  उदयपुरमा भरुवा बन्दुक पडकेर एकजना वन रक्षकको मृत्यु भएको छ।

बेलका नगरपालिका– १ स्थित सब डिभिजन वन कार्यालय तपेस्वरीमा कार्यरत सुनसरी दुहबी बस्ने ४६ वर्षीय लेखनाथ बास्तोलाको बुधबार राति घटनास्थलमै मृत्यु भएको हो।

कार्यालयबाट बुलबुल सामुदायिक बनमा गस्तीमा गएको बेला वनमा मानिसहरु भरुवा बन्दुकसहित भेटिएका थिए। उनीहरुले बन्दुक त्यही छोडेर भागेपछि वास्तोलाले उक्त बन्दुक बरामद गरेर कार्यालयमा पुगेका थिए।

गाडीबाट बन्दुक निकाल्ने क्रममा एक्कासी पडकिएपछि उनको मृत्यु भएको बताइएको छ। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया