Bisal Chautari Logo

बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढ्यो

- १८ मंसिर २०७७, बिहीबार ०५:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १८ बिहिवार ।
बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो ।

तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया