Bisal Chautari Logo

बार्सिलोनालाई जरिवाना

- १७ मंसिर २०७७, बुधबार ०४:४० मा प्रकाशित


क्याटलान । कप्तान लियोनेल मेस्सीको गोल सेलिब्रेसनका कारण क्याटलान क्लब बार्सिलोनाले जरिवाना तिर्नुपर्ने भएको छ । स्पेनिस ला लिगामा लियोनेल मेस्सीले ओसासुनाविरुद्ध गोल गरेपछि आफ्नो गोल अर्जेन्टिनी महान् खेलाडी डिएगो म्यारोडोनालाई समर्पण गर्दा २ हजार ७ सय मिलियन पाउन्ड जरिवाना तिर्नुपर्ने भएको हो ।

मेस्सीले ओसासुनाविरुद्ध पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेपछि डिएगो म्यारोडोनाले न्युवेल्स ओल्ड ब्बाएको जर्सी पहिरिदै म्यारोडोनाको गोलशैली सेलेब्रेसन गर्दै आफ्नो गोल समर्पण गरेका थिए ।

यस्तै मेस्सीले दुवै हातमा किस गर्दै दुवै हात आकाशतिर फर्काउदै माथि हेरेका थिए । खेलमा मार्टिन ब्रेथवेट, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरेपछि बार्सिलोना ४–० ले विजयी भएको थियो ।

तर, मेस्सीको यो मन छुने गोल सेलेब्रेसन बार्सिलोनाको लागि महँगो परेको छ । स्पेनिस फुटबल फेडेरेसनले मेस्सीको यो शैलीलाई गलत भनेका छन् । ‘खेलाडीलाई गोल समर्पण गर्न पाइन्छ, तर खेल दौरान नै अन्य टोलीको जर्सी लगाउन नपाउने नियम स्पेनमा रहेको छ । मेस्सीले खेलको शुरुवात देखि नै म्यारोडोनाले अन्तिम समय न्युवेल्सबाट खेल्दा लगाएको जर्सी लगाएका थिए । आफ्नो गोल सेलेब्रेसनमा मेस्सीले बार्सिलोनाको जर्सी खोलेर म्यारोडोनाले न्युवेल्सबाट खेल्दा १० नम्वर अंकित जर्सी देखाउँदै उनकै शैलीमा गोलको खुशियाली मनाएका थिए । खेलपछि मेस्सीले सामाजिक सन्जालमा आफ्नो र म्यारोडोनाको पुरानो फोटो राख्दै ‘फेरवेल, डिएगो’ लेखेका छन् । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले पनि मेस्सीको यो शैलीलाई ग्रेट मोमेन्ट भनेका छन् ।

प्रतिक्रिया