Bisal Chautari Logo

सनी देओललाई कोरोना संक्रमण

- १७ मंसिर २०७७, बुधबार ०४:२७ मा प्रकाशित


एजेन्सि । बलिउड अभिनेता तथा लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण देखिएसँगै ६४ वर्षीय देओलले आफू आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था ठिक भएको बताएका छन्।

उनले केही समययता आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र आवश्यक परे कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन्।

देओल केही दिनदेखि हिमाचल प्रदेशको कुल्ली क्षेत्रमा बस्दै आएका छन्। हातको शल्यक्रियापछि उनी कुल्लीमा रहेको फ्राम हाउसमा आराम गर्न पुगेका थिए। मुम्बई फर्कन अघि पीसीआर परीक्षण गराउँदा उनीमा संक्रमण देखिएको हो।

प्रतिक्रिया