Bisal Chautari Logo

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

- १६ मंसिर २०७७, मंगलवार ०५:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १६ मंगलवार ।
नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायीका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भएको हो ।

यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ११२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ११५० रुपैयाँमा कारोबार भएको हो।

प्रतिक्रिया