Bisal Chautari Logo

भक्तपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

- १६ मंसिर २०७७, मंगलवार ०५:०२ मा प्रकाशित


विशाल चौतारी समाचार
भक्तपुर , २०७७ मंसिर १६ मंगलवार ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ एसओएस चोकमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २९ वर्षीय राजु तामाङ रहेका छन्।

दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि नर्भिक अस्पताल थापाथली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

भक्तपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा. ७३ प ३८२ नम्बरको स्कुटर गएराति सवा १० बजे आफैं अनियन्त्रित भई पल्टिएको प्रहरी पैत्त थिमीले जनाएको छ।

प्रतिक्रिया