Bisal Chautari Logo

अनिताको ‘फुटेका चुरा’ सार्वजनिक || प्रकाश, नम्रता र कविताको दमदार प्रस्तुती (भिडियो सहित)

- १५ मंसिर २०७७, सोमबार ०९:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाण्डौ , २०७७ मंसिर १५ सोमवार । चर्चित गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा रहेको गीत ‘फुटेका चुरा’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सपुत स्वयंमको शब्द तथा संगीतपनि रहेको छ ।
प्रकाश स्वयंम आफ्नै निर्देशन रहेको भिडियोमा चर्चित अभिनेत्री नम्रता श्रेष्ठ, प्रकाश सपुत, कविता नेपाली फिचर्ड छन् । नम्रता रानीको भूमिकामा छन्, भने प्रकाश र कविता सिपाहको भूमिकामा छन् । गायिका चलाउने सँगै निरज पन्थी पनि भिडियोमा प्रस्तुत भएका छन् ।

भिडियो हेर्नुहोस् :-

नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी गम्भिर विष्टको रहेको छ । नम्रता श्रेष्ठले लामो समय पछि म्युजिक भिडियो खेलेकी हुन् । यसै गीतको विशेष कुराकानीमा अभिनेत्री नम्रताले यस गीतको कन्सेप्ट मन छोएर काम गरेको बताएकी थिइन् ।

गीतको विशेष कुराकानी :-

प्रतिक्रिया