Bisal Chautari Logo

एकल साझमा गुञ्जिए सामसोङ (फोटो फिचर सहित)

- २५ फाल्गुन २०७०, आईतवार ०४:२७ मा प्रकाशित


तस्बिर :कमल कुवर
काठमाडौं, २५ फागुन ।
हिजो शनिवार राजधानिको जमल स्थीत राष्ट्रिय नाचघरमा गायक श्याम सामसोङले राष्ट्रिय नाचघरमा करिव डेढ दर्जन गीतहरु नेपाली संगीतका अनुरागीहरुका अगाडी गाएका छन् । प्रसंग थियो, गायक श्याम सामसोङको एकल साझ । जहाँ गायक सामसोङले ‘मुर्चुङगामा रोए म, सारांगीमा रेटिए, खोजि हिडे आफैंलाई आशुभित्र भिटिए’ बोलको गीत मार्फत सामसोङले गाउन सुरु गरेका थिए । 
करिव ४ बजेदेखी सुरु भएको एकल साझमा गायक सामसोङले आफ्ना गीत  र अन्य कलाकारहरुका गीत गरी डेढ दर्जन कर्णप्रिय गीतहरू गाएका थिए । भारतीय राजदूताबासबाट छात्रबृत्तिमा एमक्युज गरिसकेका सामसोङले आधुनिक, रक, पप,  लोकगीत आदि सबै खालका गीत गाइसकेका छन् । एल्वम मुर्चुङगा पछि उनले  साइमा एल्वम समेत बजारमा आइसकेको छ । एक दशकदेखि साागीतिक क्षेत्रमा क्रियाशील रहदै आएका गायक सामसोङलाई बाध्यवाधनमा क्रेमेटिक व्याण्डले साथ दिएको थियो । ई एण्ड डब्लु म्युजिक प्रा.लि.ले आयोजना गरेको उक्त एकल साझमा उनले डेढ दर्जन गीत गायक सामसोङले गाएका थिए ।
उक्त एकल साझ कार्यक्रममा गायक स्वयम्ले निर्देशन गरेको ‘पिखुवा’ नामक बृतचित्रको  पनि विषेश प्रदर्शन गरिएको थियो । भोजपुर जिल्लालाई दुई भागमा चिरेर बग्ने पिखुवा खोलाको स्थलगत भ्रमण गरि पिखुवा खोलाको शिर मैयुमदेखि अरुण नदीमा समाहित हुदा सम्मका सुन्दर दृश्य समेतिएको छ । उक्त बृतचित्रमा वर्तमान भौगोलिक अवस्था र पिखुवा जलधारसँग भोजपुर र भोजपुरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक  सम्बन्धहरूलाई उजागर गरिएको छ ।

प्रतिक्रिया