Bisal Chautari Logo

१२ वर्षीया बालिका बलात्कारको आरोपमा भक्तपुरबाट एकजना पक्राउ

- १४ मंसिर २०७७, आईतवार ०९:२१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १४ आइतवार ।
भक्तपुरमा १२ वर्षीया बालिका बलात्कारको आरोपमा  एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका  माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय श्याम कृष्ण केसी छन् ।

बालिकालाई गत साउन १८ गते जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया