Bisal Chautari Logo

चिनियाँ रक्षामन्त्री नेपाल आइपुगे

- १४ मंसिर २०७७, आईतवार ०५:१८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १४ आइतवार । 
एक दिने औपचारिक भ्रमणका लागि चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे काठमाडौं आइपुगेका छन्।

चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर समेत रहेका रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डल सहित वेई काठमाडौं आएका हुन्।

एयर चाईनाको विमान मार्फत भित्रुवन विमानस्थल अवतरण गरेका उनी अहिले बालुवाटारस्थित चिनियाँ दूतावास खाना खाएर औपचारिक भेटघाटमा सक्रिय हुने कार्यक्रम छ।

चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतीसँग औपचारिक भेटवार्ता गर्नेछन्। एक दिने भ्रमण पुरा गरेर वेई आजै साँझ फिर्ता हुनेछन्।

प्रतिक्रिया