Bisal Chautari Logo

विराटनगरमा उपचाररत थप एक संक्रमितको मृत्यु

- १४ मंसिर २०७७, आईतवार ०४:३३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ मंसिर १४ आइतवार ।
नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङको उर्लाबारी घर भएका कोरोना भाइरस संक्रमित ५५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

उर्लाबारी नगरपालिका–५ का ती पुरूषमा पेट दुख्ने, वान्ता हुने, छाती दुख्ने लगायतका समस्या देखिएपछि मंसिर ४ मा अस्पताल भर्ना गरिएको थियो ।

५ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि  छुट्टै राखेर उपचार भइरहेकोमा शनिबार राति मृत्यु भएको ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

प्रतिक्रिया