Bisal Chautari Logo

काठमाडौं उपत्यकामा थपिए ८३५ जना संक्रमित थप सामग्री

- १० मंसिर २०७७, बुधबार १०:५८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७ मंसिर १० बुधवार ।
 स्वास्थ्य  मन्त्रालयका अनुसार काठमाडौंमा ७६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४९९ जना सक्रिय संक्रमित छन्।

देशभर भने थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा २ लाख २६ हजार २६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २  लाख ७ हजार ९८९ जना कोरोना संक्रमित निको भइसकेका छन्। जसमध्ये आज मात्रै ३१४० जना संक्रमित निको भएका छन्।

आज ९२१० वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म मुलुकमा १६ लाख ९० हजार ५०९ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ।

हाल मुलुकमा १६ हजार ६३९ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। क्वारेन्टिनमा भने ६६९ जना रहेका छन्। पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १३८९ पुगेको छ।

प्रतिक्रिया