Bisal Chautari Logo

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित

- ९ मंसिर २०७७, मंगलवार ०९:४६ मा प्रकाशित


एजेन्सि ।  बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोना भाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

‘प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बस्नु भएको छ’, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनी आगामी दुई सातासम्म आइसोलेसनमै बस्ने छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म ५ हजार १८३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया