Bisal Chautari Logo

चीनले चन्द्रमामा अन्तरिक्ष यान पठाए, माटो लिएर फकिर्नेछ

- ९ मंसिर २०७७, मंगलवार ०५:३३ मा प्रकाशित


बेइजिंग (एजेन्सी)

चीनले आफ्नो चांगइ ५ चन्द्रमामा प्रक्षेपण गरेको छ । यो चिनिया अन्तरिक्ष यान चन्द्रमाको सतहमा अवतरण हुने छ र करिब ४ दशकपछि पहिलो पटक त्यहाँबाट नमुना लिएर पृथ्वीमा फर्किने छ । यो अन्तरिक्ष यानलाई लिएर चीनको अत्यन्त शक्तिशाली अन्तरिक्ष यान लंगमार्च ५ रकेट हेनान प्रान्तबाट मंगलबार विहानै प्रस्थान गरेको हो ।

यदि यो अभियानमा चीन चन्द्रमाको सतहबाट माटोको नमुना ल्याउन सफल भए भने यो उसको लागि ठुलो उपलब्धि हुनेछ । चिनियाँ अन्तरिक्ष यान चन्द्रमाको कक्षमा पुगेपछि आफ्नो एक ल्यान्डर त्यहाँ उतार्ने छ । ल्यान्डरले चन्द्र सतह खनेर त्यहाँको माटो र चट्टान निकाल्ने छ । फेरी उक्त नमुना लिएर असेन्डरमा जानेछ ।

असेन्डर नमुना लिएर चन्द्रमाको सतहबाट उड्ने छ र अन्तरिक्षमा चक्कर लगाइरहेको आफनो प्रमुख रकेट यानसँग जोडिने छ ।

चीनको प्रमुख अन्तरिक्ष यानमा चन्द्रमाको सतहको नमुनालाई एक क्याप्सुलमा राख्न काम हुनेछ र त्यसलाई लिएर पृथ्वी तर्फ पठाउने छ । यो पुरै अभियानमा कम्तिमा २३ दिन लाग्न सक्छ ।

करिब ४ दशकपछि कुनै देश चन्द्रमाको सतह खनेर त्यहाँको चट्टान र माटो पृथ्वीमा ल्याउने काम पहिलो पटक हुन गइरहेको छ । यो मिसलाईलाई चीनको अहिलेसम्मकै सबैभन्दा महत्वाकांक्षी अभियान भनिएको छ ।

चीनको यो अभियान सफल भए भने चन्द्रमाका बारेमा चीनसँग थप जानकारी हुनेछ र यसबाट उसलाई चन्द्रमामा मानव बस्ति बसाउन मद्दत प्राप्त हुनेछ ।

चीनको अन्तरिक्ष यानलाई चन्द्रमा सम्म पुर्याउन लंगमार्च ५ को प्रयोग गरिएको छ । यो रकेट तरल मट्टितेल र तरल अक्सिजनको मद्दतबाट चल्छ । चीको यो शक्तिशाली रकेट १ सय ८७ फिट लामो र ८ सय ७० टन तौलको छ ।

प्रतिक्रिया