Bisal Chautari Logo

२० वर्षीय रग्बी खेलाडी केथ टिट्मसको निधन

- ९ मंसिर २०७७, मंगलवार ०४:४८ मा प्रकाशित


बीबीसी स्पोर्टस मेनली वारिङगाह सी इग्लसबाट रग्बी खेल्दै आएका केथ टिट्मसको निधन भएको छ। प्रशिक्षणका क्रममा बिरामी भएपछि २० वर्षीय टिट्मसलाई अस्पताल लगिएको थियो। रोयल नर्थ शोर अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएकोले उल्लेख गरेको छ।

टिट्मसले राष्ट्रिय रग्बी खेलमा डेब्यु गर्न अझै बांकी थियो। यद्यपि, उनी अर्को सिजनको थर्टी म्यान स्कवाडमा थिए।

सी इगल्सले टिट्मसको मृत्युको खबरले आफूहरु स्तब्ध भएको भन्दै उनलाई कहिल् नबिर्सने जनाएको छ।

सन् २०१७ मा आफ्नो टिमलाई होल्डेन कप जिताउन उनले निर्णायक स्कोर गरेका थिए। टिट्मस जर्सी फेल्ग कप प्लेयर्स प्लेयर अवार्डबाट पनि सम्मानित भइसकेका थिए।

प्रतिक्रिया