Bisal Chautari Logo

बलिउडलाई अर्को धक्का : अभिनेत्री लिना आचार्यको निधन

- ८ मंसिर २०७७, सोमबार ०५:३२ मा प्रकाशित


काठमाडौं । फिल्म तथा टिभी अभिनेत्री लिना आचार्यको निधन भएको छ । उनको किड्नी फेल भएको कारण शनिवार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको डेढ वर्ष यता किड्नीमा समस्या भएको थियो । उनले फिल्म हिचकीमा अभिनय गरेकी थिइन् ।

साथै वेश शो क्लाश अप २०२० र टिभी सिरियल्स सेठजीमा समेत उनले काम गरेकी थिइन् ।

प्रतिक्रिया