Bisal Chautari Logo

सलाह कोरोना संक्रमणबाट मुक्त

- ८ मंसिर २०७७, सोमबार ०५:२४ मा प्रकाशित


एजेन्सी ।  तेस्रो पटकको परिक्षणमा सलाह कोरोना संक्रमणमुक्त भएका हुन् । सलाह कोरोनामुक्त भएसँगै लिभरपुल र योर्गेन क्लोपले राहतको महसुस गरेका छन् । सलाह सोमबारदेखि नै लिभरपुलको टिम प्रशिक्षणमा जोडिने प्रशिक्षक क्लोपले बताएका छन् ।

अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा आफ्नो भाइको विवाह पार्टीमा रहँदा सलाहलाई १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि दोस्रो परिक्षणमा पनि उनमा कोरोना पोजेटिभ नै देखिएको थियो ।

सलाह शुक्रबार इजिप्टबाट लन्डन आएका थिए । लन्डनमा परिक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । प्रशिक्षक क्लोपले सलाह च्याम्पियन्स लिगमा बुधबार एटलान्टाविरुद्धको खेलमा उपलब्ध हुने बताएका छन् ।

सलाहको अनुपस्थितिमा पनि लिभरपुलले आइतबार राति लेस्टर सिटीलाई ३–० ले पराजित गरेको थियो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र डिएगो जोटाले गोल गरेका थिए ।

प्रतिक्रिया