गायक सुमित पाठकको नयाँ गीत सार्वजनिक भएको छ । ‘आउ वर’ बोलको गीत शुक्रवार साँझ युट्युब मार्फत सार्वजनिक भएको हो । गीतमा सुमितलाई मिना निरौलाले साथ दिएकी छिन् । गीतमा सुमितकै शब्द र संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा आशिफ शाह र बर्षा राउतको अभिनय रहेको छ । असिम शाहको निर्देशन रहेको भिडियोको कोरियोग्राफ़ी प्रविन सिंहले गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोमा गम्भिर राजकर्निकारको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस :
BISALCHAUTARI TV
प्रतिक्रिया