Bisal Chautari Logo

फेरि बढ्यो सुनको भाउ

- ७ मंसिर २०७७, आईतवार ०५:३९ मा प्रकाशित


विशाल चौतारी समाचार
दाङ , २०७७ मंसिर ७ आइतवार ।
साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्य अघिल्लो दिनको तुलनामा केही बढेको छ।

शुक्रबार डेढ महिनायताकै सस्तोमा कारोबार भएको सुन आज तोलामा ३ सय रुपैयाँले बढेको हो। शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ बढ्दा चाँदी भने स्थिर छ। शुक्रबार तोलाको १ हजार २ सय १० मा कारोबार भएको भएको चाँदीको मूल्य आज पनि उही छ।

 

प्रतिक्रिया