Bisal Chautari Logo

थप १७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७६ पुग्यो

- ४ मंसिर २०७७, बिहीबार १०:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७  मंसिर ४ बिहिवार । नेपालमा एकै दिन १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

एकै दिन २ हजार १ सय ३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ।

गत २४ घण्टामा ९ हजार ८ सय ५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ३३ हजार ५ सय ५९ पुगेको छ। हाल ७ सय ६७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया