Bisal Chautari Logo

जेटम्यानको दुर्घटनामा निधन

- ४ मंसिर २०७७, बिहीबार १०:३९ मा प्रकाशित


बीबीसीको रिपोर्टअनुसार दुबइमा जेटम्यानको दुर्घटनामा निधन भएको छ । फ्रान्सका जेटम्यान भिन्स रेफे दुबइमा एक कार्यक्रमको सिलसिलामा थिए । त्यहाँ एक ट्रेनिङ सेसनको क्रममा भएको दुर्घटनामा उनको निधन भएको हो । जेटम्यान कम्पनीले फेसबुकमा एक पोस्ट लेख्दै भिन्सको निधनबारे जानकारी दिएको हो । पोस्टमा भिन्स निकै कुशल एथलिट र आफ्नो टिमका सम्मानित सदस्य भएको बताउँदै कम्पनीले उनको निधनप्रति दुःख व्यक्त गरेको छ ।

ट्रेनिङ सेसनको क्रममा भिन्सले जमिनबाट उचाइमा जाने प्रयास गरिरहेका थिए त्यही बेला दुर्घटना भएको हो । गएको फेब्रुअरीमा भिन्सको स्टन्ट निकै भाइरल भएको थियो । अहिले पनि उनी यही स्टन्ट गर्ने क्रममा दुर्घटनामा परेका हुन् । यो स्टन्टमा उनले जमिनबाट सिधै ठाडो गरी आकाशतर्फ जानुपर्ने थियो । उनले यो स्टन्ट पहिले पनि गरिसकेका थिए र यो स्टन्ट गर्ने उनी पहिलो जेटम्यान थिए । दुर्घटना हुँदा उनी ६ हजार फिटको उचाइमा थिए । त्यहाँबाट उनी सिधै भुइँमा खसेका हुन् ।

प्रतिक्रिया