Bisal Chautari Logo

ट्यालेन्ट शोमा सन्निलाई, रवीनाले टक्कर दिइन्

- २५ फाल्गुन २०७०, आईतवार १८:०६ मा प्रकाशित


Sunny-Leone
मुम्बई : जिस्म–२ चलचित्रबाट आफ्नो बलिउड करियर सुरुवात गरेकी पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नि लियोन आफ्नो पछिल्लो आउन लागेको चलचित्र ‘रागिनी एमएमएस–२’को प्रोमोशनमा जुटेकी छिन् । यस्तै क्रममा हाल अभिनेत्री सन्नि आफ्नो चलचित्रको प्रोमोशन गर्न एक ट्यालेन्ट शो मा पुगेकी थिइन् । यस ट्यालेन्ट शो को मौकामा उनको पति डेनियल बेबरपनि उपस्थित भएका थिए ।
सो ट्यालेन्ट शो मा अभिनेत्री सन्नि लियोन मात्र उपस्थित भएका थिएनन्, उनको अलवा अभिनेत्री रवीना टन्डन, मुग्धा गाड्से, सिङ्गर अनु मलिक लगायत स्टार कलाकारहरु पनि उपस्थित भएका थिए । 

ट्यालेन्ट शो मा ब्ल्याक कलरको ड्रेसमा उत्रिएकी थिइन्, अभिनेत्री रवीना । अभिनेत्री सन्नि लियोनको फिगरको मामलामा रवीनाले पुरै टक्कर दिएकी थिइन् । यी दुबै अभिनेत्रीले आ–आफ्नो फिगरलाई प्रयोग गर्दै पोज दिएका थिए । यी दुई अभिनेत्रीको अलवा मुग्धा पनि धेरै स्टाइलिस रुपमा प्रस्तुत भएकी थिइन् । अभिनेत्री सन्नि लियोनले ट्यालेन्ट शो को क्रममा पति डेनियलको साथपनि धेरै पोज दिएका थिए ।
अभिनेत्री सन्नि लियोनको ‘रागिनी एमएमएस–२’ सन् २०११ मा बनेको चलचित्र ‘रागिनी एमएमएस’को सिक्वेल हो । चलचित्रमा अभिनेत्री सन्नि लियोन सबैलाई डराउने भुमिकामा प्रस्तुत भएकी छिन् । केही समय अगाडी मात्र यस चलचित्रको गीत ‘चार बोतल बोदका’ र ‘बेबी डल’ रिलिज गरिएको थियो, र यी गितलाई  दर्शक श्रोताहरुले खुबै मनपराएका पनि छन् । चलचित्र ‘रागिनी एमएमएस–२’को निर्देशक भुषण पटेल हुन्, भने शोभा र एकता कपुर यस चलचित्रका प्रोड्युसर हुन् । यो चलचित्र यहि आउदो मार्च २१ तरिकको दिन रिलिज हुदैछ ।

add

प्रतिक्रिया