Bisal Chautari Logo

घट्यो सुनको मूल्य

- ४ मंसिर २०७७, बिहीबार ०५:२८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं , २०७७  मंसिर ४ बिहिवार । नेपाली बजारमा बिहीवार सुनको मूल्यमा गिरावट आएको छ ।

बिहीवार छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बुधवार छापावाल सुन प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै बिहीवार तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार, यस दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया