Bisal Chautari Logo

बेलायतमा सन् २०३० पछि डिजेल र पेट्रोल गाडी बिक्री बन्द

- ३ मंसिर २०७७, बुधबार १०:४९ मा प्रकाशित


बेलायतले सन् २०३० बाट डिजेल र पेट्रोल गाडी बिक्री बन्द गर्ने भएको छ।

बेलायत सरकारले यो कदम जलवायु परिवर्तन र परमाणु उर्जा जस्ता उद्योगमा नयाँ रोजगारी शृजना गर्न चालेको बिबिसीले बताएको छ।

यस्ता गाडी बिक्री वितरण बन्द गरिएपनि हाइब्रिड गाडी भने पाइने छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो योजनालाई ‘हरित औद्योगिक क्रान्ती’ भनेर नामाकरण गरेका छन्।

बिबिसीका अनुसार उनको यो योजनाले पर्यावरण आन्दोलनको ऐतिहासिक मोड लिएको छ।

बेलायत सरकारले यो कदमको कारण सन् २०५० सम्म देशलाई कार्वन उत्सर्जनबाट मुक्त गर्ने लक्ष्य हासिल गर्न सहज हुने छ।

यो योजनाको लागि छुट्याइएको ४ बिलियन यूरो निकै थोरै भएको विश्लेषकहरुले बताएका छन्। परमाणु उर्जा उद्योगमार्फत उत्तरी बेलायत र वेल्समा २ लाख ५० हजार रोजगारी शृजना हुने आशा राखिएकाे छ।

सन् २०२३ पछि नयाँ बन्ने घरहरु तातो बनाउन ग्यास हिटर पाइने छैन भने २०२८ सम्म घर तातो बनाउन ६ लाख जडान गरिने लक्ष्य लिइएको छ।

प्रतिक्रिया