Bisal Chautari Logo

बैतडीमा बस दुर्घटना नौको मृत्यु, ३४ जना घाइते

- २८ कार्तिक २०७७, शुक्रबार ०६:५१ मा प्रकाशित


विशाल चौतारी समाचार
बैतडी , कार्तिक कार्तिक २८ शुक्रवार । 
बैतडीको पाटन नगरपालिका ८ खोडपेमा बस दुर्घटनामा परी निधन भएका ९ जनाको सनाखत भएको छ । साथै ३४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, मृत्यु हुनेमा बैतडीका  ३ जना, दार्चुला, कैलाली र कञ्चनपुरका २–२ जना रहेका छन ।

दुर्घटनामा परी बैतडीको दोगडाकेदार गाउपालिका– ६ का रणबहादुर चन्द, कबिन्द्र जोसी २७ वर्षीय करन सिह ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मृत्यु भएका चन्द नेपाल प्रहरीमा कार्यरत हुन भने जोसी दोगडाकेदार गाउपालिकामा कार्यरत कर्मचारी हुन ।

यस्तै मृत्यु हुनेमा दार्चुलाका २ जना रहेका छन । मालिकार्जुन गाउपालिका ५ डाँडाकोटका ४० वर्षीय जगननाथ ओझा, लेकम गाउपालिका खरकडाका तर्कराज गिरी रहेका छन ।

कञ्चनपुरका पनि २ जनाको मृत्यु भएको छ ।
भीमदत्त नगरपालिका– ८ कि कीर्तिका कार्की, भीमदत्त नगरपालिका– १० का बिजनादेवी धामी रहेकी छिन ।

यस्तै कैलालीका पनि २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १४ आदर्शटोलका ऋषीराम चौधरी र नरेन्द्र चौधरी रहेका छन ।

यस्तै घाइते हुनेमा बैतडीका ८ जना, दार्चुलाका ६ जना, कञ्चनपुरका १० जना, कैलालीका ६ जना, काठ्माण्डौका ३ जना र अछामका १ जना गरी ३४ जना रहेका छन  ।

बैतडीका ८  जना घाइते भएका छन ।

जिल्लाको दोगडाकेदार गाउपालिका ७ का २८ वर्षीय बिरेन्द्र कार्की, दोगडाकेदार गाउँपालिका २२ वर्षीय नितेस भट्ट,

बैतडीको दोगडाकेदारका २२ वर्षीय बिमाला बडु जोसी र उनका छोरा सुसांक जोसी, बैतडीकै डिलाशैनी गाउपालिका १ का २० वर्षीय जनक धानुक, दोगडाकेदार गाउपालिका ७ का २७ वर्षीय अमृत बिक, डिलाशैनी गाउपालिका ४ का ३३ वर्षीय लोकेन्द्र बोहरा, बैतडीको पुर्चाेडी नगरपालिकाका २५ वर्षीय सुरज लुहार गरी ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै घाइते हुनेमा दार्चुलाका ६ जना रहेका छ ।

दार्चुलाको लेकम गाउपालिका २ का ५१ वर्षीय बल्देव सिह कार्की, शैल्यशिर ८ का २७ वर्षीय रमेश खत्री, मार्मा गाउपालिका २ कि ३ वर्षीया सिम्रन सिह, शैल्यशिखर नगरपालिका ८ का धन सिह खत्री, दार्चुलाकै मार्मा गाउपालिका वडा नं २ का २४ वर्षीय जानकी सिहं रहेका छन । नौगाड गाउपालिक सप्टिीका पुरुन टमाटा गरी ६ जना रहेका छ ।
यस्तै कञ्चनपुरका १० जना रहेका छन ।

भीमदत्त नगरपालिका २ का २५ वर्षीय दशरथ गिरी, सुक्लाफाटा नगरपालिका ६ का ६५ वर्षीय नर्मा धामी,  सुक्लाफाटा ६ का ५५ वर्षीय हर्कबहादुर धामी, बेलौरी नगरपालिका ७ का २४ वर्षीया बिमला कुवर र उनका २ वर्षीय छोरा नितेस कुवर, भीमदत्त नगरपालिका ६ का २४ वर्षीया दिपा चन्द, भिमदत्त नगरपालिका १ का ३५ वर्षीय नरेश पन्त, बेल्डाडी ३ का नरेन्द्र सिह सावद, भीमदत्त ८ का ३० वर्षीया कल्पना कार्की, सोहि ठाँउका ६ वर्षीय कौशल सावद गरी १० जना रहेका छन ।

यसैगरी कैलालीका ६ जना घाइते भएका छ । फुलबारीका १८का ३५ वर्षीय दिनेश चौधरी र सोहि ठाँउका २२ वर्षीय बिसाल घर्तीमगर गोदावरी नगरपालिका २ का २९ वर्षीय यज्ञराज कठायत, गोदावरी ३ का बेद प्रकास धामी, गौरीगंगा नगरपालिका ११ का २५ वर्षीय बिरेन्द्र चौधरी, फुलबारीका २३ वर्षीय लोकन्द्र बस्नेत गरी ६  जना घाइते भएका हुन ।
यसैगरी काठमाण्डौका १९ वर्षीय अजी लामा, काठमाण्डौ गोकणेश्वर ४ का कर्णबहादुर बिष्ट  र २२ वर्षीय अस्मिता बिष्ट रहेका छन ।

यसैगरी अछामको चौरपाटी ४ का २१ वर्षीय अमृत कुमाल पनि घाइते भएका छन ।

दार्चुलाको गन्नादेखि महेन्द्नगरका लागि छुटेको पवनदुत यतायातको ना५ख ५१४१ नंको बस खोडपे बजार नजिकै बिहिबार राती १०ः २५ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको हो १ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

घटनाको थप बिवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया