Bisal Chautari Logo

डिआइजि सिंहले लेखे डोटी राज्यको इतिहास

- २६ फाल्गुन २०७०, सोमबार ११:११ मा प्रकाशित


Mahesh Singh Kathayat book
विशाल चौतारी समाचार
कठमाडौं, २६ फागुन ।
नेपाल प्रहरीका डिआइजी महेश सिंह कठायतले नेपालको पश्चिम क्षेत्रमा रहेको डोटी राज्यको इतिहास लेखेका छन् । उनले करिब ९ सय वर्षअघिको इतिहास लेखेर इतिहासकारका रुपमा नयाा पहिचान प्रस्तुत गरेका छन् । ‘कठेर (रोहिलखण्ड), कुमाउ र डोटी राज्यको सम्बन्ध’ विषयमा उनले अलिखित इतिहास सप्रमाण लिपिबद्ध गरेका हुन् ।
कठेर अर्थात् रोहिलखण्डमा राज्य गरेका उनका पुर्खाले जोगाएर राखेका कागजात र लिपीहरुलाई आधार बनाएर लामो समयको अध्ययन पनि उनले पुस्तक तयार पारेका छन् । 

हाल भारतमा रहेको रोहिलखण्ड, कुमाउ र नेपालको डोटी राज्यबिच रहेको कुटनीतिक तथा राजनीतिक सम्बन्धका आयामहरु खोतलिएका छन् । किताबमा उनले धेरैलाई जानकारी नभएका विषयलाई सप्रमाण प्रस्तुत गरेका छन् । तत्कालिन अवस्थामा  डोटी, कुमाउ र कठेर राज्यले एक अर्कालाई सहयोग गर्ने तथा बिस्थापित हुादा शरण लिने गरेका कुराहरुको तथ्य खोजेर प्रकाशमा ल्याएका छन् । कठेर राज्यका राजा उनको पुस्ताले हस्तान्तरण गर्दै आएको ज्ञानले उनलाई इतिहासप्रति रुची जगाइदिएको बताएका छन् । दश वर्षकै उमेरमा उनले हजुरबुबाट प्राप्त इतिहासको ज्ञान र पछि अध्यन गर्दा मिलेका कुराले उनलाई हालसम्म अलिखित इतिहास लेख्न उक्साएको बताउछन् । करिब ४० वर्षको अध्यनपश्चात उनले यो पुस्तक सार्वजनिक गरेका हुन् ।
डोटी जिल्लामा जन्मेका उनले जन्मभूमिको इतिहासलाई सार्वजनिक गर्ने क्रमको यो पहिलो खुड्कीलो हो । यसपश्चात् उनी ‘क्षेत्रीय कठेरियार राजपुत र कठायत वंशजको सम्बन्ध’, ‘जातीय रोहिल राजपुत र कठेरिया राजपुतको सम्बन्ध’ र ‘अ लस्ट रेस’ (हराएको जाती) नामक तीन इतिहास सम्बन्धि पुस्तक प्रकाशन गर्ने तयारी गरेका छन् । नेपाल प्रहरीको कम्प्युटर शाखाको प्रमुखको जिम्मेवारीबाट बचत समय इतिहास अध्ययन र लेखनका लागि लगाएको बताउछन् ।

add

प्रतिक्रिया