Bisal Chautari Logo

फेरि बद्यो सुनको मुल्य

- २४ कार्तिक २०७७, सोमबार ०५:५० मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, कार्तिक २४ सोमवार । काठमाडौं पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर बढ्दै गएको छ । बिशेषगरि गत शुक्रबारदेखि सुनको मुल्य उच्च मात्रामा बढ्दै गएको पाइन्छ ।
सो क्रममा आज सोमबार पनि सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको छ । हिजो सुनको मुल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ थियो । आज त्यो बढेर ९८ हजार २०० पुगेको छ ।
यस्तै, आज तेजावी सुनको मुल्य ९७ हजार ७०० रहेको छ ।
यसैगरि आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२७५ रुपैयाँ थियो । आज त्यो बढेर १२८५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

प्रतिक्रिया