Bisal Chautari Logo

कोरोना संक्रमणबाट विदेशमा एक नेपालीको निधन

- २३ कार्तिक २०७७, आईतवार ०५:४९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,कार्तिक २३ आइतवार ।विदेशमा एकजना नेपालीको कोरोना संक्रमणबाट निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

संघले हालसम्म विदेशका १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जनाएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा थप पाँच सय ४४ जनामा संक्रमण देखिएको छ । त्यसैगरी यो अवधिमा एक हजार एक सय ६३ जना नेपाली संक्रमणमुक्त भएका छन् ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजार एक सय १३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । त्यसमध्ये ४० हजार सात सय २८ जना निको भएका छन् । निको हुने दर ९२  प्रतिशत भएको संघले जनाएको छ ।

यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रियामा  रहेका नेपालीमा कोरोना भाइरसको संक्रमण  देखिएको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

प्रतिक्रिया