Bisal Chautari Logo

कैलालीमा दुई कोरोना संक्रमितको मृत्यु

- २२ कार्तिक २०७७, शनिबार ०५:३० मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली,कार्तिक २२ शनिवार । टीकापुर कैलालीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले टीकापुरका एक पुरुष र बर्दगोरियाका एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए।

कैलालीको टीकापुर नगरपालिकाका – १ का ४९ वर्षका पुरुषको घरमै मृत्यु भएको हो।उता बर्दगोरिया गाउँपालिका-४ का ५९ वर्षका महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिए।

उनकाअनुसार कोरोना संक्रमित भएपछि घरमा बस्दै आएका पुरुषको गएराती मृत्यु भएको हो। उनको काठमाडौमा कोरोना परीक्षण गरिएको थियो।कोरोना पुष्टि भएपछि टीकापुर घर आएका थिए।मृतकका आफन्तका अनुसार उनी बोन क्यान्सरको उपचार गराइरहेका थिए।

योसँगै कोरोना संक्रमणबाट नगरपालिमा मृत्यु हुनेको संख्या तीन पुगेको छ।हिजो वडा नं. १ का ५३ वर्षका एक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो।यसअघि वडा ५ का ६० वर्षका एक पुरुषको मृत्यु भएको थियो।मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भैरहेको जोशीले बताए।

प्रतिक्रिया