Bisal Chautari Logo

दाङका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

- २२ कार्तिक २०७७, शनिबार ०४:४४ मा प्रकाशित


विशाल चौतारी समाचार
नेपालगञ्ज,कार्तिक २२ शनिवार । दाङबाट नेपालगञ्जमा कोरोना उपचार गराउन ल्याइएका ५९ वर्षीय पुरुषको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगञ्जको भेरी अस्पतालमा उपचार गराइरहेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५९ वर्षीय पुरुषको शनिबार बिहान ५ः२५ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि ५९ वर्षीय पुरुषलाई कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो।

६ गते स्वाव जाँच गर्दा कोरोना पोजिटिभ देखियो। ७ गते कोरोना विशेष अस्पताल बेलझुण्डी लगियो । स्वास्थ्य सुधार नआएपछि २० गते भेरी अस्पतालमा ल्याइएको थियो।

योसँगै बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

प्रतिक्रिया