Bisal Chautari Logo

फाइनलमा पुग्‍न हैदराबाद र बैंगलोर भिड्दै

- २१ कार्तिक २०७७, शुक्रबार ०६:२२ मा प्रकाशित


भारत , कार्तिक २१ शुक्रवार ।  १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‌वान्टी क्रिकेटअन्तर्गत आज (शुक्रबार) सराइजर्स हैदराबादले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दै छ ।

सेख जायद स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा हुनेछन् ।

आजको खेलमा जित निकाल्ने टोलीले सीधै फाइलनमा मुम्बईसँगको भेट पक्का गर्नेछ । पराजित टोलीले पुनः क्‍वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

आजको खेलमा बैंगलोर जित निकाल्दै आईपीएल उपाधिमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । हालसम्म तीनपटक फाइनल प्रवेश गरेको बैंगलोरले उपाधि भने उचाल्न सकेको छैन ।

यता एकपटकको उपाधि विजेता हैदराबाद आजको खेलमा जित निकाल्दै उपाधि होडमा आफूलाई दाबेदारी प्रस्तुत गर्ने योजनामा छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि जितेको थियो ।

प्रतिक्रिया