Bisal Chautari Logo

सुनको भाउ तोलामा १ हजार बढ्यो

- २१ कार्तिक २०७७, शुक्रबार ०५:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, कार्तिक २१ शुक्रवार । सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ। उक्त मूल्य बिहीबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँ ले बढी हो।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार अघिल्लो दिनको तुलनामा १०० रूपैयाँले मूल्य घटेको भए पनि आज एक हजार रूपैयाँले बढेको छ।

आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

विश्व बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको असर पर्ने गरेको छ।

प्रतिक्रिया