Bisal Chautari Logo

कैलालीमा कोरोना संक्रमणका कारण ७३ वर्षीय वृद्धको मृत्यु

- २१ कार्तिक २०७७, शुक्रबार ०४:३४ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली, कार्तिक २१ शुक्रवार ।  कैलालीमा ७३ वर्षीय एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।कैलालीको गौरीगंगा नगरपागिका ३ का ७३ वर्षीय सो पुरुषको आज बिहान सेतीप्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

कडा निमोनियाका कारण यहि १२ गते जर्नल आईसियूमा भर्ना गरी उपचार भईरहेको र उनलाई कोरोना परिक्षण गर्दा १७ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

उनलाई कोरोना पुष्टि भएपछि आईसियूमा राखेर उपचार हँुदै थियो र आज ६ बजेर ३२ मिनेटमा मृत्यु भएको उनले बताए ।

शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने उनले बताए ।

मृतक व्यक्ति गौरीगंगानगरपालीका वडा नं ३ का वडा अध्यक्ष र नगरपालिकाका प्रवक्तासमेत रहेको गौरीगंगा नगरपालिकाका नगर प्रमुख भिम बहादुर देउवाले जानकारी दिए ।

प्रतिक्रिया