Bisal Chautari Logo

सुनको भाउ घट्यो, तोलाको कति ?

- २० कार्तिक २०७७, बिहीबार ०६:३२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं,२०७७ कार्तिक २० बिहिवार ।  सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८ रुपैयाँ निर्धारण भएको थिया । चाँदी बुधबार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया