Bisal Chautari Logo

विवाहको तयारीमा जुटे आदित्य नारायण, लिए सामाजिक सञ्जालबाट ब्रेक

- २० कार्तिक २०७७, बिहीबार ०५:१० मा प्रकाशित


एजेन्सी । सिंगर आदित्य नारायण झा विवाह बन्धनमा बाँधिने तयारीमा रहेका छन् । उनले लामो समयदेखि अफेयर्समा रहेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनले डिसेम्बर १ मा श्वेतासँग विवाह गर्दैछन् ।

विवाहको तयारीमा जुटेको र केही समयका लागि आफुले सामाजिक सञ्जालाबाट ब्रेक लिएको उनले बताएका छन् । दुई परिवारहरु पनि विवाहका लागि उत्साहित रहेको उनले बताएका छन् ।

फिल्म सापितको सुटिङका क्रममा आदित्य र श्वेताको भेट भएको थियो । मित्रता प्रेम सम्बन्धमा बदलिएको थियो । अन्तत उनीहरुले १० वर्षको प्रेम सम्बन्धलाई थप बलियो बनाउन विवाह गर्न लागेका हुन् ।

कोरोना महामारीका कारण उनले सानो पारिवारिक उपस्थितिमा विवाह गर्न लागेको समेत जानकारी दिएका थिए । मन्दिरमा विवाह गर्ने तयारीमा रहेका उनले ठुलो रिसेप्सन चाँहि महामारी सकिएपछि गर्ने तयारी गरेको बताएका छन् ।

प्रतिक्रिया